Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– संविधानसभाको आइतबारको बैठक पनि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । संविधानसभाको आइतबार बोलाइएको बैठकले पूर्वप्रधानमन्त्री एवं सभासद् स्व. सूर्यबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । संविधानसभाको अर्को बैठक आगामी १० गते बिहिबार बस्ने भएको छ ।

यसअघि एमाओवादी नेता एवं पूर्व सांसद सलिम मियाँ अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो । त्यसअघि पनि एमाले नेता एवं पूर्व सभासद् रामनाथ ढकालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो ।

संविधानसभामा प्रश्नावली निर्माण समितिले पेश गरेको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको थियो ।

तपाईको प्रतिक्रिया