Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- राष्ट्रपति डा. रामवरण यादवले विश्व शान्तिको अभियानलाई सार्थक ढङ्गले अगाडि बढाउनु नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ ।

एसिया अफ्रिका जनएकता सङ्गठनका प्रतिनिधिहरुसँग आज राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उहाँले नेपालले अँगाल्दै आएको परराष्ट्र नीतिले विश्व शान्तिलाई बढावा दिएको र सहयोग पुगेको उल्लेख गर्नु भयो ।

‘साठी वर्षपछि बाङ्डुङ दृष्टिकोण र नयाँ चुनौतीको सामना’ विषयक जनस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधि तथा पर्यवेक्षकसँग राष्ट्रपति डा यादवले नेपालको परराष्ट्र नीति पञ्चशील, संयुक्त राष्ट्रसङ्घको बडापत्र र असंलग्न आन्दोलन र अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तमा आधारित रहेको चर्चा गर्नु भएको थियो । सम्मेलन शनिबारदेखि राजधानीमा सुरु भएको छ ।

विश्व शान्तिको अभियानलाई जनस्तरीय सम्मेलनले नयाँ गतिदिने विश्वास उहाँले व्यक्त गर्नुभएको एसिया अफ्रिका जनएकता सङ्गठन नेपालका उपाध्यक्ष हिरण्यलाल श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया