Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो- जापानको जनसङ्ख्या चौँथो वर्ष पनि घटेर सन् २००० को अवस्थामा पुगेको र हाल त्यहाँ एक चौथाइ जनसङ्ख्याको उमेर ६५ वर्ष नाघेको जानकारी सरकारले दिएको छ ।

गत वर्ष अक्टोबरमा जनसङ्ख्या दुई लाख १५ हजारले घटेर १२ करोड ७० लाख ८३ हजार पुगेको शुक्रबार प्रकाशन भएको तथ्याङ्कमा देखिएको छ । यो सङ्ख्यामा जापानमा लामो समयसम्म बसोबास गर्ने विदेशी पनि परेको बताइएको छ ।

यहाँ ६५ वर्ष उमेर नाघेका जनसङ्ख्या ११ लाखले बढी तीन करोड ३० लाख भएको र यो सङ्ख्या १४ वर्षभन्दा कम उमेरका प्रति एक व्यक्तिको तुलनामा दुई भएको बताइएको छ ।

जापानमा कम जन्मदर तथा बढ्दो आयुका कारण यस प्रकारको अवस्था देखिएको बताइएको छ ।

जापानका नीतिनिर्माताहरू घट्दो सङ्ख्याका कामदारबाट बढ्दो सङ्ख्याका निवृत्तिभरण प्राप्त जनसङ्ख्याको खर्च कसरी धान्न लगाउने भन्ने कुरा सुनिश्चित गर्न प्रयास गरिरहेका छन् भने द्रुत रूपमा बढ्दो प्रौढ जनसङ्ख्या उनीहरूको टाउको दुःखाइको विषय बनेको छ ।

जापानमा आप्रवासीको सङ्ख्या निकै कम छ । जनसङ्ख्याको कमी पूर्ति गर्न युवा कामदारका लागि सीमा खुला बनाउनुपर्छ भन्ने कुनै पनि सल्लाहलाई यहाँ सार्वजनिक रूपमा व्यापक रूपमा विरोध गरिन्छ ।

सन् २०६० मा जापानको जनसङ्ख्या आठ करोड ६७ लाख पुग्ने र त्यहाँ ६५ वर्ष उमेर नागेका जनसङ्ख्या कूल जनसङ्ख्याको ४० प्रतिशत हुने चेतावनी सरकारले दिएको छ ।

तपाईको प्रतिक्रिया