Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- संविधानसभाको आइतबारको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ ।

पूर्व प्रधानमन्त्री एवम् संविधानसभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत गरिने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । थापाको उपचारका क्रममा गत बुधबार भारतमा निधन भएको थियो ।

आइतबार अहराह्न तीन बजे संविधानसभाको बैठक बोलाइएको छ । लगातार शोक प्रस्ताव प्रस्तुत गर्दै स्थगित हुँदै आएको संविधानसभाको बैठकमा अन्य कुनै कार्यसूची नरहेको बताइएको छ ।

पूर्व सभासद् रामनाथ ढकाल, महेन्द्र यादव तथा सलिम मियाँ अन्सारीको सम्मानमा शोक प्रस्ताव पारित गर्दै यसअघिका बैठक स्थगित भएका थिए ।

तपाईको प्रतिक्रिया