Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- जाजरकोटमा फैलिएको मौसमी फ्लूबाट बिरामी भएका मध्ये २५ प्रतिशतमा मात्रै स्वाइन फ्लूसँग मिल्दो लक्षण देखापरेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कुल तीन हजार ८८ जना बिरामी भएकामध्ये २५ प्रतिशतलाई मात्रै स्वाइन फ्लुसँग सम्बन्धित लक्षण देखिएको छ ।

रोग प्रभावित क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य निर्देशनालय, वीरेन्द्र सैनिक अस्पताल छाउनीको चिकित्सा टोली पुगिसकेको छ भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पातल, बाँकेको चिकित्सा टोली, विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट डा. केशवकुमार योगी औषधिसमेत लिएर पुगिसकेका महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा बाबुराम मरासिनीकाअनुसार प्रकोप क्षेत्रमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको टोली पुगिसकेको छ । सो टोलीले पजारु, थलह, माझकोटमा सेवा सञ्चालन गर्ने छ ।

विभिन्न स्थानबाट प्रकोपग्रस्त क्षेत्रमा पुगेको टोलीले उपचारलगायत स्वास्थ्य जनचेतनाको कामसमेत गरेको निर्देशक डा. मरासिनी बताउनुभयो ।

तपाईको प्रतिक्रिया