Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

मकवानपुर– प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अहिले बारा, पर्सा र रौतहट जिल्ला अदालतको न्याय कार्यसम्पादन सन्तोषजनक नभएको बताउनुभएको छ ।
पुनरावेदन अदालत हेटौंडा र मकवानपुर जिल्ला अदालतको निरीक्षणका क्रममा प्रधानन्यायाधीश साहले यस्तो बताउनुभएको हो । उहाँले बारा, पर्सा र रौतहट जिल्ला अदालतले आफ्ना त्रुटी सच्याउन समेत निर्देशन दिनुभयो ।

उहाँले परम्परागत प्रणाली छाडेर समयसापेक्ष र आधुनिक रुपमा न्याय सम्पादनको क्षमता वृद्धि गरेर जनतालाई चुस्त न्याय दिन तत्पर हुुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानन्यायाधीश साहले पुनरावेदन अदालत हेटौँडा र मकवानपुर जिल्ला अदालतको आज अपराह्न स्थलगत निरीक्षण गर्दै न्यायाधीशलाई आफ्नो काम कर्तव्यप्रति आत्मसमीक्षा गरेर न्याय प्रणालीमा भएको त्रुटि सच्याउनेतर्फ अग्रसर हुन सल्लाह दिनुभयो ।

प्रधानन्यायाधीशको निरीक्षणका क्रममा पुनरावेदन अदालतका मुख्य न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र न्यायाधीश तिलप्रसाद श्रेष्ठले नारायणी अञ्चलका पाँच जिल्ला अदालत र पुनरावेदन अदालतबाट भइरहेको न्याय सम्पादनको अनुगमन गरिनाका साथै सर्वसाधारण जनतालाई छिट्टै न्याय दिनेतर्फ रणनीतिगत कार्यतालिका पठाइसकेका बारेमा जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया