Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– नेकपा (संयुक्त) को नवौं महाधिवेशनले गणेश शाहको अध्यक्षतामा ४९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

ठाकुरप्रसाद शर्मा महासचिव चुनिएका छन् भने सचिवमा लक्ष्मी साह, कल्पना राणा र जयदेव जोशी छन् । सुनिल मानन्धर केदारचन्द्र शर्मा, कल्याणी शाह, मदनमोहन चौधरी, पूर्णमान श्रेष्ठ, डम्मर बुढाथोकी, कृष्णबहादुर गुरुङ, राधा भट्टराई, चन्द्रेश्वर बामपन्थी, श्रीलाल महासेठ, पदमराज जोशी, रामनारायण सिंह र राजेन्द्र प्रधान पोलिटब्यूरो चयन भएका छन् ।

१८ सदस्यीय पोलिटब्यूरो र १० जना बैकल्पिक केन्द्रीय सदस्यहरु चयन गरेको छ । महाधिवेशनले राष्ट्रिय परिषद पनि चयन गरेको छ ।

महाधिवेशनबाटै निवर्तमान अध्यक्ष चन्द्रदेव जोशी बरिष्ठ नेता चयन भएका छन् ।

विज्ञान तथा वातावरण मन्त्री हुँदाको छोटो समयमा चर्चित नवनिर्वाचित शाह नवीन काम गर्न रुचाउँछन् ।

तपाईको प्रतिक्रिया