Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा सहुलियत दिनेसम्बन्धी ऐन, नियम र कार्यविधि बनिसक्दा पनि कार्यान्वयनमा नआएकामा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् ।

सरकारले लागू गरेको सहुलियतको व्यवस्था कार्यान्वयन हुन नसकेपछि ज्येष्ठ नागरिकले निरन्तर रुपमा यातायात व्यवस्था विभाग अगाडि धर्ना, घेराउलगायत विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कानुनी रुपमा भएका व्यवस्था कार्यान्वयन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने ज्येष्ठ नागरिक सङ्घर्ष समितिले शुक्रबार जनाएको छ ।

“हामी सार्वजनिक यातायातमा यात्रा गर्दा सरकारले सहुलियत दिएको ५० प्रतिशत छुट गर भन्दा बसका सहयोगीले भाडा छुट गर्न मान्दैनन् ”– कोटेश्वरबाट निरन्तर आन्दोलनमा आउनुहुने वृद्ध रामशरण पराजुलीले भन्नुभयो । यस्तो अनुभव सार्वजनिक यातायातमा यात्रा गर्ने प्रायः सबै वृद्धको भएको उहाँले बताउनुभयो ।

सार्वजनिक यातायातमा यात्रा गरिरहेका अन्य यात्रु पनि ६० वर्ष नाघेकाहरुले यातायातमा छुटका लागि पटक पटक अनुरोध गर्दा समेत सहुलियत नदिएको प्रत्यक्ष देखेको बताउँछन् । “म बल्खुबाट थापाथलीको यात्रा गर्दै थिएँ, ज्येष्ठ नागरिक भनी लेखिएको सिटमा बसेका वृद्धले नागरिकताको परिचयपत्र देखाएर सहुलियत माग्नुभयो, बसका सहयोगीले ज्येष्ठ नागरिकलाई सहुलियत हुन्छ भन्ने थाहा छैन, तपाईँहरुलाई सिट छुट्याएको छ, यसबाहेक केही सहुलियत दिनु भनेको छैन भनी रुखो स्वरमा हपारे ”,ज्येष्ठ नागरिकले सहुलियत नपाएको प्रत्यक्ष देख्नुभएकी अनुराधा रिजालले भन्नुभयो ।

नागरिकका अधिकार स्थापित गर्नका लागि २०६२÷२०६३ मा भएको दोस्रो जनआन्दोलनपछि २०६३ सालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन,२०६३ बनेको थियो । ऐनको दफा २ को खण्ड क मा ६० वर्ष उमेर पूरा गरेको नागरिक ज्येष्ठ नागरिक हुने भनी परिभाषा गरिएको छ । ऐनको दफा ९ (२)मा सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको सार्वजनिक सवारीमा दुई सिट ज्येष्ठ नागरिकलाई छुट्याई ५० प्रतिशत भाडा छुट गरिने व्यवस्था गरेको छ । यो व्यवस्था लागू नभएपछि सर्वोच्च अदालतले २०६७ चैत २४ गते ज्येष्ठ नागरिक ऐनमा भएका प्रावधान कार्यान्वयन गर्न, नीति, नियम र अनुगमन संयन्त्र बनाई लागू गर्न भनी परमादेश जारी गरेको थियो ।

अदालतको परमादेशपछि सरकारले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिनेसम्बन्धी कार्यविधि,२०७० जारी गरेको थियो । कार्यविधि २०७० असोज १ गतेदेखि लागू गरिए पनि हालसम्म ज्येष्ठ नागरिकले सहुलियत पाउन सकेका छैनन् ।

ज्येष्ठ नागरिकले पाउनुपर्ने सहुलियत नपाएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला नियमित रुपमा अनुगमन हुन नसक्दा यातायातका सहयोगीले सहुलियत नदिएको बताउनुहुन्छ । “सार्वजनिक यातायातका बस र मिनी बसमा ज्येष्ठ नागरिकले दुई सिटमा सहुलियत पाउनुपर्नेमा नपाएको गुनासा मन्त्रालयमा पनि आइरहेकाले अनुगमन र कारबाहीको प्रक्रिया अगाडि बढाउन लागिएको छ, यससम्बन्धी निर्देशन यातायात व्यवसायीलाई दिइसकेका छौँ”, सिटौलाले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष भरत तिमल्सिना लामो दूरीमा दुई जनालाई सहुलियत दिइए पनि छोटो दूरीका सवारी साधनले छुट नदिएको स्विकार्नुहुन्छ । “उपत्यकामा बस बिसौनीको समस्या भएकाले ज्येष्ठ नागरिकलाई चढाउनै समस्या छ, जहाँबाट पनि हतारमा ज्येष्ठ नागरिक चढ्न सक्दैनन्, त्यसैले उपत्यकामा बस बिसौनी व्यवस्थित गरे सहुलियत कार्यान्वयन गर्न तयार छौँ”–उहाँले भन्नुभयो । रासस

तपाईको प्रतिक्रिया