Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पाँच सय रुपैयाँमा सस्तो वार्ड सञ्चालनमा ल्याएको छ ।

अस्पतालले नयाँ वर्ष २०७२ को शुरुवात सँगै विश्वस्तरको उपचार सेवा सबै नेपालीको पहुँचमा पुर्‍याउन पाँचसय रुपैँयाँको बेड सहितको सिद्धार्थ वार्डको सञ्चालनामा ल्याएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य बिहीबार सिद्धार्थ वार्डको उद्घाटन गरेका छन् ।

सिद्धार्थ वार्डको उद्घाटन भएको भोलिपल्ट पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ग्रान्डीको सेवाप्रति खुसी व्यक्त गरे ।

‘देशमै खुल्दै गएका ग्रान्डी इन्टरनेसनल हस्पिटल जस्ता अत्याधुनिक साधन र सुविधायुक्त अस्पताल देखेपछि अव शायद मर्न विदेश जानुपर्दैन कि भन्ने आशा पलाएको छ,’ ग्रान्डीबाट फर्केलगत्तै ट्विट गरेका छन् ।

सिद्धार्थ वार्डमा भर्ना हुने बिरामीले प्रतिदिन प्रति बेड पाँचसय रुपँया मात्र तिर्नु पर्छ ।

तपाईको प्रतिक्रिया