Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार स्वदेश फर्किएका छन् ।

शाह आमाको मुख हेर्ने दिनका लागि आमाबाट आशिर्वाद लिन फर्किएको बताइएको छ ।

नयाँ दिल्लीस्थित फोर्टिज एस्कर्ट हार्ट इन्स्टिच्युटमा उपचार गराएका पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको बताइएको छ ।

चिकित्सकहरुले पूर्वरानी कोमल शाहको भने थप स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएको दिल्लीमा रहेका पूर्वराजा ज्ञानेन्द्रका संवादसचिव फणिन्द्र पाठकले जानकारी दिए ।

पूर्वरानी कोमल र बुहारी हिमानी भने अझै केही दिन दिल्लीमै रहनेछन् ।

तपाईको प्रतिक्रिया