Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं–प्रधानमन्त्री सुशील कोइरालाले नेपालको पर्यटनमा थाई जनताको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने बुद्ध धर्मावलम्बी थाई जनताको मोहले यसलाई अझ सुदृढ बनाउँदै लगेको बताउनुभयो ।

नेपालका लागि थाइल्यान्डका राजदूत वुट्टी वुट्टीस्यान्टले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा गरेको शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्रीले बिमस्टेकको क्षेत्रीय सदस्य रहेका दुई देशका बीचमा सञ्चालनमा रहेको हवाई सेवाले दुई देशबीच सुसम्बन्ध विकसित गर्न निकै सहयोग गरेको बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले विकासका लागि लोकतान्त्रिक शासन पद्धति, शान्ति र राजनीतिक स्थिरता अपरिहार्य रहेको बताउँदै नयाँ संविधान जारी भएपछि नेपालको विकास तीव्र गतिमा हुने विश्वास दिलाउनुभयो । उहाँले नेपालले छिट्टै लोकतान्त्रिक संविधान पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा थाई राजदूतले नेपालमा थाई पर्यटकको संख्या बढ्दै गएको बताउँदै थाइल्यान्डको दूसित थानी समूहले अन्नपूर्ण होटलको व्यवस्थापन लिएर आतिथेय व्यवसायको अनुभवबाट नेपाललाई लाभ दिने प्रक्रियाको आरम्भ भएको जानकारी दिनुभयो ।

उहाँले लुम्बिनीमा प्रसूति अस्पतालको निर्माण गरेको थाइल्यान्डले संयुक्त लगानीमा नेपालमा अस्पताल स्थापना गरेर गुणस्तरीय सेवा दिएको पनि बताउनुभयो ।

भेटमा थाई राजदूतले थाइल्यान्डमा पनि यस वर्षको अन्त्यसम्म नयाँ संविधान आउने बताउनुभएको थियो । भेटमा नेपाल र थाइल्यान्डबीचको कूटनीतिक, सांस्कृतिक, आर्थिक सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया