Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा प्लाष्टिक झोला प्रतिबन्ध गरिएको विरोधमा उद्योगी/व्यवसायीहरु सडकमा उत्रिएका छन् । बिनाविकल्प प्लाष्टिक झोला  प्रतिबन्ध लगाएको भन्दै उद्योग वाणिज्य महासंघ र प्लाष्टिक झोला उत्पादक संघको अगुवाइमा उद्योगी/व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

सबै उद्योगी–व्यापारी सहभागी भएको विरोध र्‍याली काठमाडौंको भृकुटीमण्डपबाट निस्केको हो। विरोध र्‍यालीमा सहभागीले उचित विकल्प दिएर मात्रै प्लाष्टिक झोला प्रतिबन्ध लागउन सरकारसँग माग गरेका छन् ।

विकल्प नदिइकन प्लाष्टिक झोला प्रतिबन्ध लगाउदा प्लाष्टिक झोला उत्पादक उद्योगमा कार्यरत हजारौ मजदुर बेरोजगार हुने उनीहरुको दाबी छ ।

सरकारले काठमाडौं उपत्यकामा वैशाख १ गतेबाट प्लाष्टिक झोला प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्ने क्रममा बिहीबार मात्रै करीब चार लाख थान प्लाष्टिक झोला सरकारी टोलीले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया