Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– १३ औं महाधिवेशन तोकेको कांग्रेसभित्र संस्थापन र देउवा पक्षबीच विवाद सुरु भएको छ । उपसभापति र महामन्त्री पदमा आकांक्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न संस्थापन पक्षले पदाधिकारी संख्या बढाउने तयारी गरेपनि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले भने बढाउन नहुने अडान लिएको छ ।

उपसभापति र महामन्त्री पद बढाउन नदिने रणनीतिमा देउवा पक्ष भएपनि सहमहामन्त्रीको पद बढाउन भने सकारात्मक बनेका छन् । सहमहामन्त्री पद बढाउनका लागि देउवा पक्ष पनि सकारात्मक देखिएको छ । स्रोतका अनुसार संस्थापन पक्षले एक वरिष्ठसहित तीन उपसभापति र पाँच सहमहामन्त्री बढाउन प्रस्ताव गर्ने तयारी गरिरहेको छ ।

तीन उपसभापतिमा एक निर्वाचित र दुई मनोनीत राख्ने योजना संस्थापन पक्षको छ । संस्थापन पक्षकै कतिपय नेताले महामन्त्री पद बढाउनसमेत दबाब दिइरहेका छन् । उपसभापति रामचन्द्र पौडेलसहितका नेताहरूले महामन्त्री दुई जनाभन्दा बढी बनाउन नहुनेमा जोड दिएपछि संस्थापन पक्षले उपसभापति र सहमहामन्त्री मात्रै बढाउन विधान संशोधन प्रस्ताव आगामी केन्द्रीय समितिमा लाने गृहकार्य गरिरहेको छ ।

तीन उपसभापतिमा एक महिलाका लागि छुट्याउनुपर्ने दबाब नेतृ सुजाता कोइरालाको रहेको छ । विधानमै तीन उपसभापतिमा एक महिलाका लागि राख्न सकिए त्यसमा आफू आउन सकिने योजना सुजाता कोइरालाको भएको स्रोतले बतायो ।

कांग्रेसको वर्तमान विधानले सभापति, एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र कोषाध्यक्ष रहेको पदाधिकारी व्यवस्था गरेको छ । सभापतिका अतिरिक्त एक महामन्त्री र कोषाध्यक्षको मात्रै निर्वाचन हुन्छ । कांग्रेसको हालको विधानमा उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिको प्रस्तावमा केन्द्रीय सदस्यले छान्ने व्यवस्था छ । ***

तपाईको प्रतिक्रिया