Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको पार्थिव शरीर भारत सरकारको विशेष विमानबाट स्वदेश ल्याइएको छ ।

भोलि बिहान १० बजेसम्म उहाँको देह उहाँकै मालिगाउँस्थित निवासमा राखिने भएको छ । पाँच पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

दिवङ्गत थापाको पार्थिव शरीरलाई भोलि बिहान १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने पार्टीकासहप्रवक्ता किरण गिरिले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री थापाको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

तपाईको प्रतिक्रिया