Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा शुक्रबार एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको विहीबार दिउँसो बसेको बैठकले शुक्रबार राजकीय सम्मानका साथ थापाको अन्त्येष्टि गर्ने, देशभर तथा विदेशस्थित कूटनीतिक नियोगहरुमा नेपाली राष्ट्रिय झन्डा आधा झुकाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत ८८ वर्षीय थापाको बुधबार राति निधन भएको हो ।

तपाईको प्रतिक्रिया