Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– पर्यटन पत्रकारहरुको छाता संगठन पर्यटन पत्रकार संघ (जाट–नेपाल)को तेस्रो बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको पूर्व प्रथम उपाध्यक्ष देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । पन्त सनराइज नेपालका प्रकाशक सम्पादक हुन् । १५ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । श्रेष्ठ पर्यटन अभियान पाक्षिकका प्रकाशक तथा सम्पादक हुन् ।

त्यसैगरि द्वितीय उपाध्यक्षमा ईकान्तिपुरका उपसम्पादक शेखर अधिकारी, महासचिवमा न्यूज २४ टेलिभिजनका संवाददाता मदन ढुङ्गाना, सचिवमा माउन्टेन टेलिभिजनका बरिष्ठ संवाददाता हरिशरण न्यौपाने र कोषाध्यक्षमा गन्तव्य नेपाल टेलिभिजन कार्यक्रम प्रोडुुसर÷सञ्चालक कुमार चौलागाँईं निर्वाचित भएका छन् ।

दुई वर्षे कार्यकालका लागि कार्यसमितिका सदस्यहरुमा हिमालय टेलिभिजनका आनन्द अधिकारी, इमेज म्यागेजिनका राजिव जोशी, अल थ्री मिडिया घर तथा पर्यटनन्यूज डटकमका आनन्द पौडेल, राइजिङ नेपालका सीके खनाल, एड्भान्स मीररका किशोर खड्का, फोटो पत्रकार शंकर प्रधानाङ्ग र न्यूज २४ टेलिभिजनका सविता उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।

साधारणसभाले राष्ट्रिय दैनिक, टेलिभिजन, पर्यटन पत्रिका, एफएम रेडियो तथा देशभरका पर्यटन पत्रकारहरुलाई समेट्ने गरि विधान संशोधन गरेको छ । कार्यसमितिमा रहने दुई सदस्यलाई तत्काल मनोनयन गर्ने र एक साता भित्र बृहत्त कार्यक्रमको आयोजना गरि पदभार हस्तान्तरण कार्यक्रमको आयोजना गरिने निर्वाचित अध्यक्ष पन्तले जानकारी गराए ।

सो कार्यक्रममा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, विभिन्न छाता संगठनका प्रतिनिधि तथा व्यवसायी र सञ्चारकर्मीहरुको उपस्थितिमा रहेन बताइएको छ । यस अघि संघको अध्यक्षका रुपमा इमेज नेपालका प्रकाशक हरिराज जोशी रहेका थिए ।

तपाईको प्रतिक्रिया