Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता सूर्यबहादुर थापाको निधनले आफू मर्माहत भएको बताउनुभएको छ । संविधानसभा सदस्य एवं पूर्व प्रधानमन्त्री थापाको निधनप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले नेपालको राजनीतिक क्षेत्रले एक महत्वांकाक्षी, साहसी, दृढनिश्चयी, परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता गुमाएको जनाउनुभयो ।

थापाको निधनको दुःखद् घडीमा उहाँको सद्गुणहरुबाट प्रेरणा लिएर लोकतान्त्रिक संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट हुन आग्रह गर्नुभएको छ । नेपाल र नेपालीको भविष्य सुरक्षित र उज्यालो बनाउने लोकतान्त्रिक संविधानको निर्माण नै थापाप्रति सच्चा श्रद्धाञ्जली हुने प्रधानमन्त्री कोइरालाले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले बिहीबार जारी गरेको शोक वक्तव्यमा मुलुक लोकतान्त्रिक संविधान निर्माणको संवेदनशील चरणमा रहेको अवस्थामा थापा जस्ता अनुभवी राजनीतिज्ञको सानिध्यले लोकतान्त्रिक संविधान निर्माणमा सबैलाई प्रेरणा मिल्दै आएको उल्लेख छ ।

विज्ञप्तिमा प्रधानमन्त्री कोइरालाले थापको निधनबाट लोकतान्त्रिक पद्धतिको स्थापना र विकासको लागि नेपाली जनताले झण्डै एक शताब्दी अगाडिदेखि गर्दै आएको संघर्षको परिणाम स्वरुप हासिल भएका संघीयता,गणतन्त्र र समावेशिता सहितको लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माणमा थापा जस्ता अनुभवी राजनीतिज्ञको सहभागिता र परिपक्व सुझावको अभाव आगामी दिनमा खट्किने उल्लेख छ ।

तपाईको प्रतिक्रिया