Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– एमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनले एक युगको अन्त्य भएको बताउनुभएको छ ।

बिहिबार आफ्नो फेसबुक मार्फत डा. भट्टराईले नेपाली राजनीतिले एक शीर्ष व्यक्तित्व पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आकस्मिक निधनले अत्यन्त मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । भट्टराईले थापाको निधनसंगै नेपाली राजनीतिको एक युगको अन्त्य भएको उल्लेख गर्नुभएको छ ।

भट्टराईले उल्लेख गर्नुभएको छ, ‘उहाँको दुःखद निधनमा देशले एक कुशल नेता गुमाएको छ भने मैले एक असल मित्र र भरपर्दो अभिभावक गुमाएको छु । संविधानसभा र संवाद समितिमा उहाँको भौतिक उपस्थिति सबैलाई खट्किइरहनेछ । उहाँप्रति हाम्रो परिवार, पार्टी र मेरो तर्फबाट हार्दिक श्रध्दाञ्जली र उहाँको परिवार, पार्टी र आफन्तजनमा गहीरो समवेदना  !’

तपाईको प्रतिक्रिया