Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

बनेपा– काभ्रेपलाञ्चोक जिल्लामा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका मुद्दामा पाँच वर्षमा ७४ जना पक्राउ परेका छन् ।  ती घटनामा संलग्न १३ अझै फरार छन् । पछिल्लो पाँच वर्षमा ७३ जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ । दर्ता भएका मुद्दामध्ये जबर्जस्ती करणीका ५४ र जबर्जस्ती करणी उद्योगका १९ मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आव ०६६/०६७ मा दर्ता भएका चार जबर्जस्ती करणीका मुद्दामा चार, ०६७/०६८ मा दर्ता भएका सात जबर्जस्ती करणीका मुद्दामा सात र ०६८/०६९ मा तीन जबर्जस्ती करणीका मुद्दामा दुई पक्राउ परेका तथा एक फरार छन् । सोही आवको जबर्जस्ती करणी उद्योगका दुई मुद्दामा दुई पक्राउ परेका छन् ।

त्यस्तै आव ०६९/०७० मा जबर्जस्ती करणीका १३ मुद्दामा १७ फक्राउ परेका तथा तीन फरार छन् । सोही आवको जबर्जस्ती करणी उद्योगसम्बन्धी चार मुद्दा दर्ता भएकामा तीन पक्राउ परेका र दुई फरार छन् ।

आव ०७०/०७१ मा दर्ता भएका जबर्जस्ती करणीका २२ मुद्दामा २० पक्राउ परेका तथा छ फरार छन् । सोही आवको जबर्जस्ती करणी उद्योगका नौ मुद्दामा १० पक्राउ परेका छन् ।

आव ०७१/०७२ मा दर्ता भएका जबर्जस्ती करणीका १४ मुद्दामा १६ पक्राउ परेका तथा एक फरार छन् । सोही आवको जबर्जस्ती करणी उद्योगका छ मुद्दामा पाँच पक्राउ परेका तथा दुई जना फरार छन् ।

जिल्ला प्रही कार्यालयका प्रहरी उपरीक्षक पूजा सिंहले पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको उल्लेख गर्र्दै बलात्कारका घटनाको वृद्धिसँगै जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका मुद्दाको दर्ता पनि बढेको बताउनुभयो । उहाँका अनुसार फरार अभियुक्तको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया