Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– सामान्य प्रशासन मन्त्रायलले निजामती कर्मचारी नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले नियमावली संशोधनपछि कुनै पनि निजामती कर्मचारी जागिरमा ९० दिन अनुपस्थित भए जागिरबाट स्वतः बर्खास्त गर्ने व्यवस्था रहने बताएको छ । जानकारीबिनै कर्मचारी लामो समय विदेश बस्ने, अन्यत्र जागिर खाने बढेको र त्यस्तो अवस्थामा पदबाट हटाउने प्रक्रिया झन्झटिलो भएको भन्दै मन्त्रालयले नयाँ प्रावधानका लागि नियमावली संशोधन प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयका सहसचिव सुरेश अधिकारीका अनुसार जानकारी नै नदिई ९० दिनभन्दा बढी कार्यालय अनुपस्थित हुने कर्मचारीलाई हटाउने प्रक्रिया थाल्ने संकेत देखिए बिदा स्वीकृत गराउने परिपाटी रहेकाले नयाँ प्रावधान राख्न लागिएको हो । सहसचिव अधिकारीले नियमावलीको मस्यौदा तयार पार्ने काम भइरहेको जानकारी दिनुभयो ।

अधिकारीले कर्मचारी विदेश भ्रमण गएर उतै बस्ने, यता जागिर पनि टिकाइरहने र काम पनि नगर्ने प्रवृत्ति बढेपछि त्यसका कडाइ गर्न लागिएको बताउनुभयो । सहसचिव अधिकारीका अनुसार हाल थुप्रै कर्मचारी बिनाजानकारी विदेशमा काम गरिरहेका छन् भने उनीहरूको जागिर भने नेपालमा कायमै छ ।

त्यसैगरी, लामो बिदा स्वीकृत गराउनुपर्ने भए अग्रिम स्वीकृत गराउनुपर्ने व्यवस्था नियमावलीमा राखिने भएको छ । हाल बिदाका लागि निवेदन दिएको १५ दिनसम्म अस्वीकृत भएको जानकारी नदिए स्वतः स्वीकृत हुने व्यवस्थाका कारण कर्मचारी लामो समय बिदाका लागि निवेदन दिने र विदेश बस्ने प्रचलन देखिएकमो छ ।

सहसचिव अधिकारीले हालसम्म विदेश गएर उतै बस्ने र यता कार्यालयमा सोधखोज हुँदा बिदाको निवेदन पठाएर जागिर टिकाएकाहरूको संख्या हजारौं रहेको बताउनुभयो ।
यस्तै, हाल विभिन्न निकायमा मनलाग्दी अतिरिक्त र प्रोत्साहन भत्ता लिने गरेको भन्दै अबदेखि ती निकाय र कर्मचारीले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा प्रोत्साहन भत्ता लगायतका सुविधा उपलब्ध गराउने व्यवस्था राख्ने तयारी भइरहेको छ । अधिकारीका अनुसार नियमावलीको यो मस्यौदा महिनादिनभित्र स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाइनेछ ।

तपाईको प्रतिक्रिया