Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाको निधन पछि राप्रपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले आफ्नो निवास विजयवास, महाराजगञ्जमा आकस्मिक बैठक बोलाउनुभएको पार्टीका सह–प्रवक्ता किरण गिरीले जानकारी दिनुभएको छ ।
बैठकले पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधन भएपछि श्रद्धाञ्जलि कार्यक्रमलगायतका विषयमा छलफल गर्ने गिरीले समुद्रपारिलाई जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको थियो । उहाँको शब बिहिबार नै काठमाडौं ल्याउने तयारी भैरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया