Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

Surya-Bahadur-Thapaकाठमाडौं – पूर्वप्रधानमन्त्री एवं राप्रपा निर्वतमान अध्यक्ष सूर्यबहादुर थापाको उपाचारका क्रममा भारतको दिल्लीमा निधन भएको छ । ८८ वर्षीय थापाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले बताए ।

लामो समयदेखि मुटु रोगबाट पीडित थापा चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए । शुक्रबार मात्र आन्द्राको सफल शल्यक्रिया गरेका उनलाई बुधबार एक्कासी स्वास प्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

२०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषण गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए ।

यसैबीच नेता थापाको निधनको शोकमा परेको राप्रपाले विहीबार पार्टीको बैठक बोलाएको छ ।

यसैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले थापाको निधनले मुलुकमा अपुरणीय क्षति पुगेको भन्दै नेपाली राजनीतिका एक शिखर व्यक्तित्वको अवसान भएको बताएका छन्। बिहीबार बिहान आफ्नो फेसबुक पेजमार्फत दिएको शोक सन्देशमा उनले नेपाली राजनीतिका एक शिखर व्यक्तित्वको आज अवसान भएको बताएका हुन।
सूर्यबहादुर थापा समकालिन नेपालको अग्रज राजनीतिज्ञ तथा प्रजातन्त्रवादी नेता हुनुहुन्थ्यो। उहाँको दुःखद निधनबाट म, मेरो परिवार तथा राप्रपा नेपाल अत्यन्त मर्माहत भएका छौ। देश जटिल संक्रमणको स्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा उहाँको निधन अपुरणीय राष्ट्रिय क्षति हो।
नेपाली राजनीतिले एक अभिभावक गुमाएको छ। स्व. थापा कुशल प्रशासक, दूरदृष्टि भएका नेता तथा बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो। उहाँमा परिस्थितिको सटिक बिष्लेशण गर्ने र समयलाई ठिक ढंगबाट पहिचान गर्न सक्ने विचित्र क्षमता थियो। जस्तोसुकै कठिन परिस्थितिमा पनि पटक्कै विचलित नभई चुनौतीलाई सामना गर्ने साहस र दृढता उहाँले निरन्तर कायम राख्नुभयो। राष्ट्रियता र प्रजातन्त्र प्रतिको उहाँको निष्ठा सदैव अबिचलित रह्यो। लामो राजनीतिक यात्राका क्रममा उहाँले राष्ट्रको लागि पुर्‍याउनु भएको योगदान सदैव अविस्मरणीय रहने छ। एक उदार प्रजातन्त्रवादी नेताको रुपमा देशले स्व थापालाई सम्झि रहने छ।उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु। साथै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना नेता थापाद्वारा जारी शोक सन्देशमा भनिएको छ ।*** ***

तपाईको प्रतिक्रिया