Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको पदावधी तीन महिना थपेको छ।
क्यानको बुधबार बसेको कार्य सम्पादन समितीको बैठकले घिमिरेको पदावधि थप्ने निर्णय गरेको हो। यस अघि घिमिरेको ६ महिने परिक्षणकालको अवधी सोमबार नै सकिएको थियो।

एनपिएल जोराले नै गर्ने
अन्तर्राष्ट्रिय निकायको दबाब बाबजुत क्यानले नेपाल प्रिमियर लिग(एनपिएल) क्रिकेट जोरा स्पोर्टसले नै गर्ने निर्णय गरेको छ। क्यानका अनुसार एनपिएल बैशाख १२ गतेदेखी सुरु हुने छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले नेपाल प्रिमियर लिग नामको प्रतियोगिता क्यानले मात्र गर्नुपर्ने बताउँदै आएको छ। कार्य सम्पादन समितीको बैठकले बैसाख ३० गते क्यानको साधारण सभा गर्ने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया