Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- खानी तथा भू–गर्भ विभागअन्तर्गतका २१ वटै भूकम्प मापन केन्द्र डिजिटल प्रविधिमा जाने भएको छ ।

फ्रान्सको भूकम्पसम्बन्धी अध्ययन गर्ने संस्था डिपार्टमेन्ट एनालाइज, सर्भिल्यान्स, इन्भारोमेन्टका अध्यक्ष वेनेडीक गीलपाथको नेतृत्वमा आएको चार सदस्यीय टोलीले उद्योगमन्त्री महेश बस्नेतलाई आज भेटी मापन केन्द्रको आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

खानी तथा भू–गर्भ विभागका उपमहानिर्देशक डा सोम सापकोटाका अनुसार उद्योगमन्त्री बस्नेत र फ्रान्सको उक्त टोलीबीच खानी तथा भू–गर्भ विभागअन्तर्गत रहेका सबै राष्ट्रिय भूकम्प मापन केन्द्रलाई आधुनिकीकरण गर्ने विषयमा छलफल भएको थियो ।

छलफलमा भूकम्पका तथ्याङ्क प्रशोधन तथा मापनका लागि डिजिटल प्रविधि जडान गर्न फ्रान्स सरकारले प्राविधिक सहयोग गर्ने भएको उद्योग मन्त्रीका प्रेस संयोजक अजय शर्माले जानकारी दिनुभयो ।

फ्रान्सले सन् १९७८ देखि नै खानी तथा भू–गर्भ विभागको आधुनिकीकरणका लागि नेपाललाई प्रत्यक्ष प्राविधिक सहयोग गर्दै आएको छ । नेपालभित्र दुई रेक्टर स्केलभन्दा ठूला र विश्वको जुनसुकै स्थानको पाँच रेक्टरभन्दा ठूला भूकम्प स्वदेशबाटै मापन गर्ने प्रविधि रहेको छ ।

तपाईको प्रतिक्रिया