Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

डोल्पा– नेपालमै गुणस्तरीय र धेरै परिमाणमा यार्सागुम्बा पाइने डोल्पा जिल्लामा गएको बर्ष भारी हिमपात र बर्षा भएकाले जिल्लाबासी र छिमेकी समेत उत्साहित भएका छन् ।

डोल्पामा यार्सागम्बा पाइने पाटन मात्र ३०० भन्दा धेरै रहेका छन् भने यी सबै पाटनमा वर्षमा हजाराँै किलोग्राम यार्सा संकलन गरिने गरिन्छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा उच्च हिमाली क्षेत्रका तीन हजारदेखि ४०० मिटरसम्मको उचाइमा पाइने गर्दछ ।

यार्सागुम्बाका लागि अत्यधिक चिसो, समयमै हिमपात र वर्षा आवश्यक पर्ने गर्दछ । यो वर्ष डोल्पामा भारी हिमपात र वर्षा भएकाले यार्सा धेरै पाइने स्थानीय यार्सा संकलकहरुले बताएका छन् ।

यस वर्ष डोल्पामा पटक–पटक गरेर १० पटकभन्दा धेरै भारी हिमपात भइसकेकाले डोल्पाली र यो वर्ष धेरै हिमपात भयो भन्ने खबर पाएका छिमेकी जिल्ला जाजरकोट, रुकुम, सल्यान, जाजरकोट, जुम्लालगायत जिल्लाका मान्छेमा पनि उत्साह छाएको छ ।

डोल्पाली मात्र नभई छिमेकी जिल्लाका मान्छेको पनि मुख्य आर्थिक उपार्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बाको याम जेठदेखि असार अन्तिमसम्म चल्ने गर्दछ । यो वर्ष समयमै हिमपात भएकाले यार्साबाट मनग्य आम्दानी गर्ने आशामा आजैदेखि न्याना कपडा, पाल तथा खानेकुरासमेतको जोगावटतिर स्थानीयवासी जुटेका छन् ।

हिमाली पाटनमा वैशाखको पहिलो साताभित्रै यार्सा उम्रिसक्ने भए तापनि जेठ पहिलो सातादेखि मात्र आधिकारिक रुपमा यार्सा संकलन फुकुवा गर्ने गरिन्छ । यस समयमा यार्सा संकलनका लागि तराई र पहाडका विभिन्न जिल्लाबाट हजारौँको सङ्ख्यामा मान्छेको ओइरो लाग्ने गर्दछ । यार्सा याममा डोल्पामा आन्तरिक र बाह्य गरेर एक लाखभन्दा धेरै मान्छे यार्सा सङ्कलनका लागि पाटनतिर जाने गर्दछन् ।

यार्सागुम्बा प्रतिवटा रु एक हजार देखि रु एक हजार ५०० सम्म पनि पर्ने भएकाले यस याममा एउटै मान्छेले पनि रु चार लाखदेखि रु पाँच लाखसम्म कमाई गर्ने गर्दछन् । यार्सागुम्बा डोल्पापछि मुगु, जुम्ला, हुम्ला, दार्चुलालगायत जिल्लामा पनि पाइने गर्दछ ।

तपाईको प्रतिक्रिया