Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका तीस दलीय मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गल्ती सुधारे मोर्चा फेरि एकताबद्ध हुन सक्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘आन्दोलन तुहाएर गरेको गल्ती सुधारे मोर्चा एकताबद्ध रहन्छ । तर विपक्षी मोर्चाको तर्फबाट अघि सारिएको नौ बुँदे प्रस्तावबाट पछि हटेर आत्मसमर्पण गरेर संकट उत्पन्न हुन्छ ।’

साक्षात्कारमा अध्यक्ष यादवले संयोजक प्रचण्डको भूमिकामा मोर्चाको भविष्य निर्धारित हुने स्पष्ट पार्दै चैत्र २४ गते गरेको गल्ती सुधानु पर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले प्रचण्डले सत्ता र मोर्चा रुपी दुई नाउमा खुट्टा राखेकोकोले त्यसको परिणाम बहिर आईसकेको दावी गर्दै भन्नुभयो,‘अब उनले दुई नाउमा खुट्टा राख्नु हुँदैन । कि आन्दोलन कि बार्ता मध्ये एक रोज्नु पर्छ ।’ यादवले बार्ताबाट आफूहरुको सवाल समाधान नहुने देखेपछि आन्दोलनमा गएको स्पष्ट पार्दै प्रचण्डले अरुलाई उपयोग गर्छन भन्ने थाहाँ हुँदा हुँदै पनि परिस्थितिका कारण आफूहरुले सहकार्य गरेको स्पष्ट पार्नुभयो ।

उहाँले तीस दलीय मोर्चा अहिले नै भंग गर्ने विषयमा आफुहरु नसोचेको र अहिलेसम्म बैठक पनि बहिस्कार नगरेको स्पष्ट पार्दै कुनै बैठकमा अनुपस्थित मात्र भएको दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया