Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काटमाडौं- सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल र पत्नी दुर्गा रिजालले शरीरका काम लाग्नेजति अङ्ग दान दिने घोषणा गर्नुभएको छ ।

‘हामी शरीरका काम लाग्नेजति अङ्ग दान दिन प्रतिबद्ध छौँ,’ मन्त्री रिजालले भन्नुभयो ।

चिकित्सकका अनुसार मृत्युपछि मानव अङ्गहरु खासगरी आँखा, मृगौला, कलेजोलगायतका अङ्ग दोस्रो व्यक्तिलाई काम लाग्न सक्छ ।

नेपालमा मानव अङ्ग आँखा र मृगौला प्रत्यारोपण कार्य सफलतापूर्वक अगाडि बढिरहेको छ । अङ्ग दानसम्बन्धी ऐन परिमार्जन नहुँदा कलेजो प्रत्यारोपण कार्य हुन सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया