Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौँ- जाजरकोटमा फैलिएको अज्ञात रोगका बिरामीमा स्वाइन फ्लुको सङ्क्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार जाजरकोटबाट ल्याइएको १२ नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो । नमुना परीक्षण गर्दा दुई महिला र एक पुरुषमा स्वाइन फ्लुको सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले जानकारी दिनुभयो ।

दुई सातादेखि फैलिएको महामारीका कारण १६ जनाको मृत्यु भइसकेको छ । यसअघि काठमाडौँ, मोरङ, चितवन र कास्कीमा स्वाइन फ्लुको सङ्क्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया