Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

तीन वटा शव परीक्षणपछि आफन्तको जिम्मा

भीमदत्तनगर- सोमबार महाकाली नदीमा हाम फालेका चार जना बालिकाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकालीमा बेपत्ता बालिका पूजा कोलीको शव आज दिउँसो दार्चुलाको उकु गाविस क्षेत्रमा पर्ने महाकाली नदीमा भेटिएको जनाएको छ ।

दार्चुलाको दत्तु गाविसमा रहेको राष्ट्रिय उच्च माविमा अध्ययनरत चार बालिकाले सोमबार विद्यालयबाट वार्षिक परीक्षाको नतिजा सुनेर लाब्धाङ्क पत्र लिएर फर्किने क्रममा महाकालीमा सामूहिक रुपमा दोपट्टामा हात बाँधेर हाम फालेका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले प्रहरी टोलीले बेपत्ताको खोजी गर्ने क्रममा बीच महाकालीमा शव भेटिएको बताउनुभयो ।

अन्य तीन बालिकाको शव सोमबार नै भेटिसकेको थियो । बालिकाहरु राष्ट्रिय उच्च माविमा कक्षा–६ र ७ मा अध्ययरत थिए । हाम फालेकामध्ये दत्तु गाविसका वडा नं २ का कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा ६ मा अध्ययनरत १२ वर्षीया नितु लुहार र कक्षा ६ मा अध्ययनरत १३ वर्षीया ममता चुनाराको शव सोमबार नै भेटिएको थियो भने कक्षा–७ मा अध्ययनरत पूजा कोलीको शव आज भेटिएको हो ।

सोमबार भेटिएका तीनै बालिकाको शव परीक्षणपछि आज परिवारको जिम्मा लगाइसकेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया