Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– नयाँ वर्ष २०७२ मनाउन पर्यटकीय क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ ।

काठमाडौं, पोखरा, धरानसहित देशभरका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको भीड लागेको छ । विसं २०७१ लाई बिदाइ गर्दै मङ्लबार देशमा नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकापसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ ।

विक्रम संवतलाई आधार मानी प्रत्येक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ ।

विसं अंग्रेजी पात्रोभन्दा करिब ५६ वर्ष ८ महिना १५ दिन अगाडि रहेको र यो अंग्रेजी पात्रोको अप्रिल महिनाको १५ तारिकतिर पर्छ ।

काठमाडौंमा पशुपतिनाथ, स्वयम्भू, नारायणहिटी, बौद्ध, हनुमानढोका, ठमेल, न्यूरोडलगायतका स्थानमा पर्यटकको भीड छ ।

पोखरामा विन्ध्यवासिनी मन्दिर, धर्मशिला बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभाभगवती मन्दिर, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर, शिवहरि मन्दिर तथा नमोबौद्ध गुम्बा आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल तथा सेती नदीको गल्छी, चमेरे गुफा, पाताले छाँगो, महेन्द्र गुफा, गुप्तेश्वर गुफामा पर्यटकको भीड छ ।

फेवातालमा पर्ने माछापुच्छ्रे हिमालको छाँया तथा बेगनासमा गरीने डुङगा सयर गर्नेको भीड पनि उत्तिकै छ ।

तपाईको प्रतिक्रिया