Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– लगातार पाँच वर्षपछिको एकाधिकार तोड्दै प्रियंका कार्कीले वर्ष २०७१ मा रेखा थापालाई माथ दिइन् ।

भुमिका, अभिनय र व्यस्तता तीन कारणले चर्चामा रहिन् । उनी फिल्म ‘सुन्तली’मा केन्द्रीय भुमिकामा देखा मात्रै परिनन्, अभिनयको तारिफ पनि भयो । त्यसैगरी फिल्म ‘माला’मा उनले भड्केको आत्माको चरित्रमा अभिनय गरेर प्रयोग पनि गरिन् । उनले खेलेका ‘मेरो वेष्टफ्रेन्ड’, ‘आवरण’, ‘पुन्टे परेड’, ‘षडङ्ग’ असफल भए पनि प्रियंकाको करिअरमा खास फरक पारेन । बरु २०७१ बाटै उनले आफुलाई गायनमा पनि प्रयोग थालिन् ।

दोस्रो स्थानमा रहिन् रेखा थापा । रेखा वर्ष २०७१ मा ‘हिम्मतवाली’ बनेर दर्शकमाझ आइन् । उनको अर्को फिल्म तथास्तु र ‘दमदार’ चाहिँ आए गएको दर्शकलाई खासै पत्तो भएन ।

नम्रताका लागि यो वर्ष राम्रो रह्यो । उनको ‘नोभेम्बर रेन’ ‘ताण्डव’ र ‘सम्बोधन’ भने खासै रुचाइएनन् ।

चौथो स्थानमा रहिन् शिल्पा पोखरेल । उनका यो वर्ष दुई फिल्म आए ‘लज्जा’ र ‘हवल्दार सुन्तली’ ।

अर्की हिरोइन् थिइन् रिश्मा । यो वर्षको सुपरहिट फिल्म ‘कबड्डी’बाट फिल्ममा उनी आइन् । दयाहाङ राई र निश्चल बस्नेतका बीच कबड्डी गराउने पात्रका रुपमा तडकभडक विनाको भूमिका दर्शकले ‘नोटिस’ गरे ।

तपाईको प्रतिक्रिया