Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले साढे सात दशकभन्दा अगाडिदेखि गर्दै आएको सङ्घर्षको परिणामस्वरुप प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

नव वर्ष २०७२ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले राजनीतिक दलबीचको निरन्तर संवाद, सहकार्य, एकता र मेलमिलापबाटै राजनीतिक सहमति कायम हुनेमा आफू विश्वस्त रहेको बताए ।

‘लोकतन्त्रको मूल्य, मान्यता, सिद्धान्तमा आधारित राजनीतिक पद्धतिका माध्यमबाट जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने सकारात्मक सोचले हामीलाई उज्यालो भविष्यतर्फ डोर्‍याउँदै ल्याएको छ । यही प्रेरणाले नै आन्तरिक द्वन्द्वको शान्तिपूर्ण सफल अवतरण गरेर सबै नेपालीलाई बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थाको मूलधारमा ल्याउन हाम्रा अग्रजहरूले कठोर प्रयास गर्नुभएको थियो । लोकतान्त्रिक शासन व्यवस्थाको लागि हाम्रा अग्रज नेताहरू र योद्धाहरूले दिएको बलिदान र योगदानलाई स्मरण गर्दै नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको कार्यलाई हामीले सफल पार्नै पर्दछ । यो ऐतिहासिक दायित्व पूरा गर्न नयाँ वर्ष २०७२ ले हामी सबैलाई प्रेरणा दिनेछ,’ सन्देशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया