Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

नयाँ वर्षमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले नेपालीको चाहना बमोजिम संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भई देशमा शान्ति, स्थिरता र समृध्दिको नयाँ युग प्रारम्भ हुन सकोस् भन्ने हामी सबैको आकाङ्क्षा रहेको बताएका छन् ।

नयाँ वर्ष २०७२ सालका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृध्दिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले यो आकाङ्क्षा पूरा गर्न राजनीतिक दलले तात्कालीक लाभहानिभन्दा माथि उठेर राष्ट्र र जनताको दीर्घकालीन हितलाई सर्वोपरि राखी देशका सबै वर्ग र क्षेत्रले अपनत्व महसुस गर्ने संविधान दिन सक्नुपर्ने बताएका हुन् ।

उनले सन्देशमा मुलुकमा लोकतान्त्रिक संस्कार र पध्दतिको संस्थागत जग बसाउनका निम्ति पनि संविधानसभाबाट अविलम्ब संविधान जारी हुनु अपरिहार्य भएको उल्लेख गरेका छन् । ‘प्राकृतिक साधनस्रोतको अभाव नेपाललाई छैन, प्रचुर मात्रामा उपलब्ध त्यस्ता साधनस्रोतको प्रभावकारी र न्यायपूर्ण परिचालन गरी हरेक नेपाललाई समृध्द तुल्याउन सकिन्छ, त्यसका निम्ति राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक हिसाबले समेत एकताबध्द भएर अघि बढ्नु जरुरी छ,’ सन्देशमा भनिएको छ ।

नव वर्षसँगै देशमा नयाँ लोकतान्त्रिक संविधान जारी भई राजनीतिक स्थिरता, आर्थिक विकास र सामाजिक सद्भाव कायम हुन सकोस् भन्दै उहाँले जनतासँग गरिएका प्रतिबध्दता पूरा गर्न प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

‘लोकतान्त्रिक संविधानबाट लोकतान्त्रिक परिपाटी’
उपराष्ट्रपति परमानन्द झाले नव वर्ष २०७२ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै जनचाहनाबमोजिम लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालीमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुन सक्छ भन्नेमा कुनै द्विविधा नभएको बताएका छन् । ***

तपाईको प्रतिक्रिया