Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

बीरगन्ज– व्यापारीलाई गोली हान्ने भारतीय सुटरलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । बीरगन्जको महावीर गल्लीस्थित किशनलाल महेशकुमार कपडा पसलका संचालक महेश कादमिया माथि आइतबार साँझ गोली प्रहार गर्ने भारतीय अक्षयराम भन्ने रबी सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको हो ।

गोली हान्ने सिंह भारत बिहार मुज्जफरपुर घर भएका हुन् । घटनामा प्रयोग भएको दुई थान पेस्तोल र १० राउण्ड गोली सहित सिंहलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

पसलमा बसिरहेका ५९ बर्षे कादमियालाई आइतबार साँझ पौने ७ बजे बन्दुकधारीले गोली प्रहार गरेका थिए । सिसिटिभी क्यामरामा देखिएको दृश्यलाई आधारमा मानेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । कादमियालाई गोली हान्न २ जनाको समूहमा मोटरसाइकलमा आएको प्रहरीले जनाएको छ । फरार रहेका अर्का अभियुक्तको खोजीका लागि र थप जानकारी लिन प्रहरीले भारतीय प्रहरीसंग समन्वय गरिरहेको जनाएको छ ।

घटनामा प्रयोग भएको बिआर ०६ एजे ०७०७ नम्बर लेखिएको कालो र रातोरंग मिसिएको टिभिएस अपाचे मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । मोटरसाइकलमा उल्लेखित नम्बर नक्कली हुन सक्ने प्रहरीको अनुमान छ । घाइते कादमियाको तिघ्रामा लागेको गोली झिकेपछि उनी खतरामुक्त भएको भन्दै अस्पतालले डिस्चार्ज गरेको छ ।

तपाईको प्रतिक्रिया