Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– संविधान निर्माणमा सहमति जुटाउन भन्दै बसेको प्रमुख दलहरुको बैठक विनानिश्कर्ष टुंगिएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउन बोलाएको दलहरुको बैठक सोमबार पनि निश्कर्ष विहिन भएको हो ।

नेताहरु विवादित विषयमा प्रवेश नै नगरी एक अर्कालाई नयाँ वर्ष २०७२ को शुभकामना दिएर बाहिरिएका थिए ।

संविधानसभको बैठक स्थगित भए लगत्तै सभाध्यक्ष नेम्वाङले संविधानसभा भवनमै बैठक बोलाउनुभएको थियो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुनुभएन । उहाँको अनुपस्थिति प्रति एमाओवादीले बैठकमै आपत्ति जनाएको छ ।

संविधानसभाको बैठकमा पुग्नुभएका एमाले अध्यक्ष ओली बैठक लगतै बोलाइएको दलहरुको बैठकमा भने उपस्थित हुनुभएन । उहाँ सुन्धारास्थित धराहरा चढ्न पुग्नुभएको थियो । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आन्दोलन रोकेर आफू वार्तामा आएको भन्दै त्यसप्रति सत्तापक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा ओलीको अनुपस्थिति बारे एमाले उपाध्यक्ष भीम रावलले प्रष्टिकरण दिनुभएको बताइएको छ । रावलले सभाध्यक्षले हठातमा बैठक राखेको र आफ्नो पार्टी अध्यक्ष ओलीको पूर्व निर्धारित कार्यक्रम अन्तै रहेकाले उपस्थित हुन नसकेको बताउनुभएको थियो ।

दलहरुको बैठकमा सभाध्यक्ष नेम्वाङले आफूले सहमतिकै लागि बैशाख ६ गतेको समय दिएको भन्दै नेताहरुलाई राजनीतिक सहमतिका लागि गम्भिर बन्न आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया