Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– संविधान निर्माणमा सहमति जुटाउन प्रमुख दलका शीर्षनेताहरु छलफलमा जुटेका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहलमा संविधानसभामा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलका नेताहरु अहिले संविधानसभा भवन नयाँबानेश्वरमा छलफलमा जुटेका हुन् ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राप्रपा र मधेसी जनाधिकार फोरम नेपाल सहभागी छन् ।

संविधानसभाको बैठक स्थगित भएपछि सभाध्यक्ष नेम्वाङले प्रमुख आठ दलको बैठक बोलाएको संविधानसभाका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार संविधानसभा अध्यक्षलाई भेटी संविधानसभाको बैठक स्थगित गर्न आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया