Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– संविधानसभाको सोमबार बसेको बैठक पनि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । संविधान निर्माणको प्रक्रिया अघि बढाउन एक साताको स्थगित पछि सोमबार बोलाइएको बैठक शनिबार निधन भएका पूर्व सांसद सलिम मियाँ अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै टुंगिएको हो । अब बैठक २०७२ साल बैशाख ६ गते बस्ने भएको छ ।

बैठकको शुरुमै सभाध्यक्ष सुवास नेम्वाङले अन्सारीको निधनमा शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । शोक प्रस्ताव पारित गर्ने बैठकमा विपक्षी एमाओवादी लगायत अन्य दलका सभासद् समेत सहभागी थिए । अन्सारी एमालेबाट सांसद बन्नुभएको थियो भने पछिल्लो समय उहाँ एमाओवादीमा आवद्ध हुनुभएको थियो ।

यसअघि करिव दुइ महिनाको अन्तरालमा बसेको संविधान सभाको २३ गतेको बैठक पनि एमालेका पूर्व सभासद रामनाथ ढकाल र कांग्रेसका पूर्व सांसद महेन्द्र यादवको शोक प्रस्ताव पारित गर्दै टुंगिएको थियो ।

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधान निर्माणको प्रक्रिया अघि बढाइने भनेपछि संविधानसभाको बैठक बहिस्कार गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया