Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– लगानी बोर्डले पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउन स्वीकृति दिएको छ । बोर्डको सोमबार सिंहदबारमा बसेको बैठकले बहुप्रतिक्षित सो आयोजनाको प्रारम्भिक काम सुरु गर्न प्रवद्र्धक चिनियाँ कम्पनी ‘थ्री गर्जेज’लाई बाटो खोलिदिएको हो ।

सो आयोजनाका लागि आवश्यक पर्ने वैदेशिक लगानीका लागि बाटो समेत खुलेको छ । चिनियाँ कम्पनीले अब आयोजना अगाडि बढाउनका लागि कम्पनी दर्ता गर्ने प्रक्रिया समेत सुरु गर्न सक्नेछ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले स्थानीयस्तरमा ड्रिलिङलगायतका काम सुरु गर्न सहमति प्रदान गरिएको जानकारी दिनुभयो ।

सो आयोजनामा चिनियाँ थ्री गर्जेजले कुल लगानीको ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने छ । अघिल्लो महिना थ्री गर्जेजको अध्यक्ष सहितको प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरी पुनःस्थापना, पुनर्वास, प्रसारण लाइनको निर्माण तथा स्थानीय क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकारसँग माग गरेको थियो । आयोजनामा रु १ खर्ब ५० अर्ब लगानी हुनेछ ।

कुल ७५० मेगावाट क्षमताको सो आयोजना २० वर्ष अगाडि नै निमार्णका लागि अस्टे«लियन कम्पनीलाई जिम्मा दिइएको थियो । अस्टे«लियन कम्पनी ‘स्नोइ इन्जिनियरिङ माउन्टेन कम्पनी’ (स्मेक)ले प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले तीन वर्ष पहिले सो कम्पनीसँग रहेको अनुमतिपत्र खारेज गरी चिनियाँ थ्री गर्जेजलाई दिएको थियो ।

यस्तै बोर्डको बैठकले ‘एसएन पावर’ले अगाडि बढाउन लागेको तामाकोशी तेस्रो परियोजना विकास सम्झौता (पिडिए) को प्रक्रिया सुरु गर्ने बाटोसमेत खोलिदिएको छ । दोलखामा आयोजनास्थल रहेको सो परियोजनाको कुल क्षमता ६५० मेगावाट रहेको छ । सो आयोजनाको निकट भविष्यमा पीडिए गरिने प्रमुख कार्यकारी अधिकृत पन्तले जानकारी दिनुभयो ।

यस्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समेत एक आपसमा समन्वय गरेर अगाडि बढाउने निर्णय गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल एसियाली विकास बैंकको आथिर्थ सहयोगमा सुधारको काम अगाडि बढिरहेको छ ।

तपाईको प्रतिक्रिया