Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– पशुपतिनाथ मन्दिर स्थापना भएदेखि नै बाग्मती नदीको जल चढाउने गरिएकामा विगत २५ वर्षदेखि अशुद्धताले गर्दा जल चढाउन सकिएको छैन ।

बाग्मतीमा ढल हाल्न थालिएपछि २०४७ सालदेखि बाग्मतीको जलले स्नान नगराई भष्मेश्वरघाटको पश्चिममा पञ्चदेवलको अगाडि रहेको परम्परागत इनारलाई मर्मतसम्भार र पुनःनिर्माण गरी जल चढाउन र स्नान गराउन सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाग्मती नदी किनारमा रहेका पशुपतिनाथ, गोकर्णेश्वर, सुन्दरीमाई, शंखमूल र त्रिपुरेश्वर क्षेत्रका मन्दिरको पवित्रता बाग्मती नदीका कारण भएकामा नदीको अशुद्धताले ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक स्थलको अस्तित्व संकटमा परेको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताउनुभयो ।

बाग्मतीको जल चढाउन नसकिने अवस्थामा पुगेपछि सुधारका लागि नदी सफाइ र ढल सुधारको कार्यक्रम सुरु भएको थियो । ध्रुवराम भण्डारीको संयोजकत्वमा सरकारले गठन गरेको समितिले अपेक्षा गरेअनुरुपको काम गर्न नसकेपछि तत्कालिन सांसद विद्यादेवी भण्डारीको नेतृत्वमा बाग्मती ढल सुधार आयोजनाको गठन गरिएको थियो ।

करिब छ महिना काम गरेपछि यो समितिले पनि आशा गरे बमोजिमको उपलब्धि हासिल गर्न नसकेपछि मन्त्रिपरिषद् बैठकले विदुर पौडेलको अध्यक्षतामा अधिकार सम्पन्न बाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिको गठन गरेको थियो ।

मन्त्रिपरिषद्को अख्तियारीसहित गठन आदेश जारी गरेर बनाइएको सो समितिले केही उपलब्धि हासिल गरे पनि बाग्मतीमा स्नान गराउन र जल चढाउन हुने अवस्थामा पु¥याउन नसकेको समितिका अध्यक्ष पूर्व सांसद पौडेल स्वीकार्नुहुन्छ ।

तपाईको प्रतिक्रिया