Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

सोलुखुम्बु– सगरमाथा आधार शिविर क्षेत्रमा आइतबार रातिदेखि हिमपात भएको छ । हिमपात भएपछि आधार शिविरमा गएका पर्यटकहरु समस्यामा परेका छन् । हिमपातले सगरमाथा चढ्ने तयारी गरेका आरोहीहरुलाई समेत समस्या परेको छ ।

नाम्चे बजार, लाबुचे, गोरक्षप सहित सगरमाथा आधार शिविर क्षेत्रमा हिमपात भएको हो ।

हिमपातका कारण सगरमाथा आधार शिविर हिंडेका धेरै पर्यटकले भ्रमण रद्द गरेका छन् । हिमपातले बाटो पुरिएपछि सोमबार विहान चौरीलाई हिडाएर बाटो खुलाइएको थियो ।

यो मौसम सगरमाथा आरोहणको लागि उपयुक्त मानिन्छ । यसअघि यो समयमा हिमपात नभएको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया