Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

न्यूयोर्क– अमेरिकाकी पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनले सन् २०१६ मा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी घोषणा गरेकी छन् ।

हिलारीले आफ्नो अभियानको वेबसाइट सुरु गरेकी छन् । अमेरिकाको शक्तिशाली महिलाका रूपमा स्थापित हिलारी क्लिन्टन २०१६ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा बलियो दावेदारका रुपमा मैदान उत्रने औपचारीक घोषणा गरेकी हुन्।

राष्ट्रपति पदका लागि यो उनको दोस्रोपटकको उम्मेद्वारी हो। यसअघि सन् २००८ मा उम्मेद्वारी घोषणा गरेकी थिइन। तर, डेमोक्रयाटपार्टीभित्रका पत्यासी तथा राष्ट्रपति वाराक ओवामाले हिलारीभन्दा २ सय ३५ डेलीगेट्सको बढीभोट ल्याएपछि हिल हिलारीको राष्ट्रपतीय उम्मेदवारीको यात्रा रोकिएको थियो। तर, पपुलर भोट भने हिलारीले वाराक ओवामको भन्दा बढी पाएकी थिइन्।

तपाईको प्रतिक्रिया