Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – जापानको टोकियोमा नेपालीहरुको सामुहिक प्रयासमा खोलिएको एभरेष्ट इन्टरनेसनल स्कुलले आइतवार दोस्रो वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुको शैक्षिक सत्र २०१४ को वार्षिक नतिजा प्रकाशन गरिनुका साथै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । हाल कक्षा ४ सम्म पढाई भईरहेको सो स्कुलमा आगामी शैक्षिक सत्र अप्रिल १ देखि कक्षा ५ सम्म पढाई हुने भएको छ भने यसरी नै हरेक वर्ष एक तह बढाउँदै कक्षा १२ सम्म पठनपाठनको ब्यवस्था मिलाईने स्कुलले लक्ष लिएको बताईएको छ ।

‘सय थुंगा फूलका हामी एउटै माला नेपाली….’ राष्ट्रियगानबाट सुरु भएको सो वार्षिकोत्सव समारोहमा स्कुलका प्रिन्सिपल प्रदिप थापाले स्कुलको प्रगति प्रतिवेदन तथा लक्षित भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा स-साना विद्यार्थीहरुले नेपाली कला र सँस्कृति झल्काउने खालका विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सव समारोहलाई समापन गर्दै सञ्चालक समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठले एभरेष्ट इन्टरनेसनल स्कुललाई नेपाल सरकारले ढिलै भएपनि कानुनी मान्यता प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै उहाँले एभरेष्ट स्कुल जापानमा रहेका नेपालीहरुको साझा सम्पत्ति र गौरव भएकोले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो – विद्यार्थी संख्याको बृध्दीसंगै भौतिक पूर्वाधार लगायतका अन्य ब्यवस्थापनमा चुनौती पनि थपिएकोले जापानबासी नेपालीहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौं ।’

यसैगरी उहाँले विदेशमै रहेर पनि नेपाली पाठ्यक्रमअनुसार आफ़्ना नानीबाबुहरुलाई पढाउन पाईने भएकोले हाम्रो भाषा र संस्कृतिलाई नयाँ पुस्तामा सुरक्षित हस्तान्तरण गर्न एभरेष्ट स्कुलले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बिश्वास पनि ब्यक्त गर्नुभयो ।***  तस्विर सौजन्य : एभरेष्ट इन्टरनेसनल स्कुल

18

3 4 5 6 7 8 9 10 12 13 15 1617 2118 19 20 24 25 26 28
1412722

तपाईको प्रतिक्रिया