Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

Mantriटोकियो – नेपाल सरकारका अर्थमन्त्री डा. रामशरण महतले कुनै पनि बहानामा देश अघि बढ्ने प्रक्रिया रोकिन नहुने बताउनुभएको छ । उहाँले सहमतिको ढोका अझै खुल्ला रहेको भन्दै सहमतिका प्रयास र प्रक्रिया संगसंगै अघि बढाएर सबिधान निर्माण एवं शान्ति प्रक्रियालाई टुंगोमा पुरयाईने बताउनुभयो । उहाँले भन्नुभयो- ‘सके सहमतिमै र सहमति हुन नसके बिश्वब्यापी लोकतान्त्रिक मान्यता बमोजिम बहुमतिय प्रक्रियाबाट भए पनि संबिधान बन्छ र बन्नुपर्छ ।’

एक अर्को प्रसंगमा मन्त्री महतले आफुहरुको ध्यान अब मुलुकको आर्थिक विकासमै केन्द्रीत रहेको बताउनुभएको छ । ‘हामी आर्थिक समृध्दी र अग्रगामी परिवर्तन चाहान्छौ, संबिधान निर्माण लगत्तै देश अब द्रुत गतिमा अगाडि बढ्छ’ – उहाँले भन्नुभयो – ‘देशमा ठूला ठूला परिवर्तन र उपलब्धिहरु भएका छन् तर मिडियाको ध्यान त्यतातिर गएको देखिदैन ।’ मिडियामा राजनीतिका नकारात्मक बिषयले मात्र बढि स्थान पाउने गरेको उहांले टिप्पणी गर्नुभयो ।

जापान सरकारको निमन्त्रणामा जापानको सुरुङ मार्ग प्रविधि सम्बन्धि स्थलगत अध्ययन भ्रमणमा जापान आउनुभएका अर्थमन्त्री डा. महतको स्वागतमा नेपाली दूतावासले बुधबार साँझ एक रात्रीभोज सहितको भेटघाट कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा बोल्दै मन्त्री महतले नेपालको गभर्नेन्स र ब्यूरोक्र्यासी क्षेत्रमा गुणस्तर खस्केको स्वीकादैं अगाडि भन्नुभयो – ‘नेपालको प्रशासन संयन्त्र र कर्मचारीतन्त्र पार्टीकरणबाट बिग्रेकोले गुणस्तर खस्केको हो । हरेक क्षेत्रमा पार्टीको मान्छेकारुपमा हेरिने प्रवृत्ति बढेको छ । यसको सुधार हुनु आवश्यक छ ।’

कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा मदनकुमार भट्टराईले उपस्थित सबैमा स्वागत गर्नुभएको थियो भने एनआरएन आईसीसीका उपाध्यक्ष भवन भट्टले मुलुकको आर्थिक समृध्दीमा एनआरएनको आर्थिक मार्गचित्र सम्बन्धि अवधारण समेटिएको तातेसिना सम्मेलनको घोषणापत्र पढेर सुनाउनुका साथै मन्त्री महतलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा जापानका नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । मन्त्री महतले बहादुरी काम गरी जापानमा नेपालको नाम उच्च पारेको भन्दै जापानी युवती बचाउने नेपाली युवक अनुजराज कार्कीलाई सम्मान पनि गर्नुभएको थियो ।

कार्यक्रम पश्चात समुद्रपारिसंग छोटो कुरा गर्दै अर्थमन्त्री डा. महतले काठमाडौं नागढुंगादेखि नौबिसे सिस्नेखोला सम्मको सुरुङ मार्ग निर्माणका प्रारम्भिक अध्ययन र डिजाइनका कामहरु अगाडि बढिसकेेको बताउनुभयो । उहाँले नागढुंगा सुरुङमार्ग नै नेपालको पहिलो सुरुङ मार्ग हुने पनि दावी गर्नुभयो । करिव अढाई किलोमीटरको यो सुरुङ मार्ग बनिसकेपछि राजधानीबाट बाहिरिने र राजधानी प्रवेश गर्ने क्रममा हुने ट्राफिक जाम स्वत: कम हुने  पनि उहाँले प्रष्ट पार्नुभयो । फ़ोटो : सन्दिप ढुंगाना ***
laddies
mahat 1mahat
Bhabanmahat  Ok OkAnujArungroup NJSSGrupKrishna  OkKroshna UML
BhushanMadanTmalla
Mantri

Dinner

तपाईको प्रतिक्रिया