Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

rambaran nepal presidentकाठमाडौं- दलहरुबीच गतिरोध बढेपछि राष्ट्रपति रामवरण यादवले सक्रियता देखाएका छन् ।

बिहीबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटेर विपक्षीहरुलाई पनि सहमतिमा ल्याउन सुझाव दिएका राष्ट्रपतिले शुक्रबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका छन ।

राष्ट्रपति भवन शितल निवासमा बिहान साढे १० बजे भएको भेटवार्तामा संविधान निर्माणमा देखिएको जटिलता र मधेसी मोर्चासहितका विपक्षी दलको अवरोधका विषयमा छलफल भएको थियो ।

राष्ट्रपति यादवले जनतालाई छिटो भन्दा छिटो संविधान दिनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया