Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

धादिङ- वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले संविधान निर्माण गर्ने प्रक्रियाको थालनी भइसकेकाले देशले छिट्टै नयाँ संविधान पाउने बताएका छन् ।

उत्तरी धादिङको खहरेमा आजदेखि आयोजित निःशुल्क स्वास्थ्य शिविरको उदघाटन गर्ने जानेक्रममा बिहान धादिङबेंसीमा नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आचार्यले संविधानसभाबाट संविधान बनाउने कार्यसूची एकीकृत नेकपा (माओवादी)को पनि भएकाले जनआन्दोलनका सहयात्री सबै दल संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी हुने विश्वास गरे ।

उनले भने, ‘जनताको चाहनाअनुसार संविधान जारी गरी देशको आर्थिक विकासमा लाग्नुपर्ने ठाउँमा पुन: द्वन्द्व सिर्जना गर्ने काम कसैले गर्न हुँदैन, जनताको भवनाविपरीत जाने काम गर्नुहुँदैन ।’

तपाईको प्रतिक्रिया