शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

काठमाडौं : परीक्षा समितिको वैठक बस्न नसकेर भन्ने कारण देखाउँदै देशभर अधिकांश यातायात कार्यालयमा माघ ६ देखि फागुन ३ गतेसम्मका लागि सवारी अनुमति पत्र वितरणको फारम दर्ता नै रोक्का गरिएको छ ।

यातायात व्यवस्था विभागमा नयाँ हाकिम नियुक्त भएसँगै लाइसेन्स वितरणका लागि फाराम दर्ताप्रक्रिया रोक्का गरिएको हो । विभागमा हाकिम परिवर्तन हुनेबित्तिकै परीक्षा समितिको बैठक बस्ने चलन रहे पनि उक्त वैठक बस्न नसकेपछि दर्ताप्रक्रिया रोकिएको अधिकारीहरू बताउँछन् ।

विभाग प्रमुखमा मधुसूदन बुर्लाकोटी नियुक्त भएका छन् । परीक्षा प्रणाली सुधारका लागि भन्दै बुर्लाकोटीकै निर्देशनमा फाराम दर्ता रोकिएको बताइएको छ ।
‘फागुन ३ गतेसम्मको ‘सेड्युल प्याक’ भएकाले दर्ता प्रक्रिया रोकिएको हो, लाइसेन्स वितरण बन्द भएका जनकपुर, नेपालगन्ज, पोखरा कार्यालयमा पनि चाँडै नै खुला हुन्छ ।’- बुर्लाकोटीले भने ।

उनले यातायात व्यवस्था नियमावली परिवर्तन भएको र प्रयोगात्मक परीक्षा प्रणालीमा सुधारको लागि अनुगमन भैरहेको बताए ।

तर यसरी जानकारी नै नदिइकन एक्कासी फारम दर्ता रोक्का गरेपछि आफूहरू मर्कामा परेको सेवाग्रहीहरू बताउँछन् । सेवाग्राहीहरू एकान्तकुनास्थित कार्यालय पुगेर रित्तो हात फर्किरहेका छन् ***

तपाईको प्रतिक्रिया