Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – राष्ट्रपति डा. रामवरण यादवले सत्तापक्ष हदैसम्मको लचिलो हुनुपर्नेमा पुन: जोड दिनुभएको छ । संबिधान निर्माण प्रक्रियामा विपक्षीलाई पनि समेटेर जानुको विकल्प नभएको भन्दै राष्ट्रपतिले सो आग्रह गर्नुभएको हो ।

सत्तारुढ दल कांग्रेस र एमालेका नेताहरु विपक्षीलाई वार्तामा ल्याउन लचिलो नभएकोतर्फ संकेत गर्दै उहांले असन्तुष्टि  पनि व्यक्त गर्नुभएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङसंग विहीबार भएको भेटमा राष्ट्रपतिले विद्रोही पक्षलाई सहमतिमा ल्याउन सत्तापक्ष लचिलो भएर प्रस्तुत हुनुपर्ने बताउनुभएको हो ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको छलफलबारे जानकारी दिंदै सभाध्यक्ष नेम्वाङले सत्तापक्ष लचिलो भएर सहमतिका लागि अघि बढ्नुपर्ने धारणा राष्ट्रपतिबाट आएको बताउनुभएको छ ।

भेटका अवसरमा राष्ट्रपति यादवले संविधान निर्माण प्रक्रियाका बारेमा चासो राख्नुभएको शितलनिवास स्रोतले जनाएको छ । ***

तपाईको प्रतिक्रिया