Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

साउदीअरब- भारतको ६७ औं गणतन्त्र दिवसका अवसरमा दक्षिण एसिया आएका अमेरिकी राष्ट्रपति बराक ओबामा पत्नि प्रथम महिला मिसेल ओबामाले साउदी अरेबीयाको नियम पालना गरिनन् ।
राष्ट्रपति बाराक ओबामासंगै साउदी अरेबिया गएकी मिसेलले नियम पालना नगर्दा उनको साउदीमा व्यापक आलोचना भएको छ ।
महिलाहरुले साउदीमा टाउको छोप्ने स्कार्फ लगाउने नियम मिसेलले पालना नगर्दा सामाजिक सञ्जालमा विरोध समेत भएको छ ।

अहिले ‘मिसेल ओबामा विथ नो हेडस्कार्फ’ स्टेटस साउदीका ट्वीटर प्रयोगकर्तामाझ चर्चित बनेको छ । मिसेलले सन् २०१० मा मलेसिया भ्रमण गर्दा हेडस्कार्फ लगाएकी थिइन् । तर साउदीमा हेडस्कार्फ नलगाएको भन्दै ट्वीटर प्रयोगकर्ताले प्रश्न समेत गरेका छन् ।
साउदी अरेबियामा मुस्लिम धर्मको देश भएकाले सबै महिलाले सार्वजनिक स्थानमा हेडस्कार्फ अर्थात टाउको लुकाउछन् ।

तपाईको प्रतिक्रिया