शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024


काठमाण्डाै- सेक्सी पहिरन र भावभंगीमा स्टेज तताउने लोकगायिका ज्योति मगरले हालै एक पत्रिकालाइ अन्तरवार्ता दिंदै आफूले लगाउने पहिरन अरूले तोक्ने होइन भनेकी छिन् । उनले भनेकी छिन-‘लोक गायिका भएर साडी र चोलो नै लगाउनुपर्छ भन्ने छैन, म मेरो पहिरन आफै निर्धारण गर्छु, अरूले तोक्ने होइन ।’ उनले साप्ताहिक पत्रिकासँगको अन्तर्वातामा उक्त कुरा बताएकी हुन् ।
यस पटकको नयाँ वर्षमा जापानमा भएको कार्यक्रममा पनि उनले त्यस्तै पहिरनमा स्टेज तताएकी थिइन । ‘उही मूलाको सिन्की’, ‘पिरतीमा दम छ’, ‘जिम्वाल बाउकी छोरी’, लगायतका उनको गीत चर्चामा छन् । उनी गायिका मात्र नभएर आँफै गीत लेख्ने र कम्पोज गर्ने पनि गर्दछिन् । त्यसो त उनी आफ्नो गीतमा आफै मोडलिङ गर्ने गर्दछिन् ।
सेक्सी पहिरनसँग सम्बन्धित प्रश्नको जवाफ दिंदै उनले भनिन-‘मान्छे जस्तो बाहिर देखिन्छ, भित्र त्यस्तो हुदैन’। उनले यसो पनि भनिन्-‘मैले एक्सपोज गर्ने भनेको हेर्नलाइ हो, छुनलाई होइन ।’***

तपाईको प्रतिक्रिया