Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनमा आबध्द ७ साना दलका नेताहरूले आफूहरू गठबन्धनबाट अलग नभएको स्पष्ट पारेका छन् ।

बुधबार एमाओवादी नेतृत्वको गठबन्धनबाट अलग भएको खबर सार्वजनिक भएपछि ७ दलले बिहीबार संयुक्त विज्ञप्ति निकालेर आफूहरू मोर्चामै रहेको बताएका हुन्।

विज्ञप्ति जारी गर्नेमा आदिवासी जनजाति पार्टी नेपालका बुद्धराज स्याङ्तान, खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राई (आरके खम्बु), थरुहट पार्टी नेपालका भानुराम चौधरी नेपाः राष्ट्रिय पार्टीका डा. केशवमान शाक्य, राष्ट्रिय जनमुक्ति पार्टीका केपी पालुङ्वा, सामाजिक लोकतान्त्रिक पार्टीका नेपालका पासाङ शेर्पा र संघीय लिम्बुवान पार्टी नेपालका खगेन्द्र माखिम रहेका छन्।

‘जातीय ऐतिहासिक पहिचानसहितको संघीयता र उत्पीडित जाति समुदायको अधिकारका लागि स्थापित दलहरू र हामी यसका नेताहरू तथा सभासद्हरू पहिचान विरोधी, प्रतिगामी, यथास्थितिवादी, जनताको अधिकार विरोधीहरूको कित्तामा उभिने कुराको कल्पना पनि गर्न सकिन्न-संयुक्त विज्ञप्तिमा जनाइएको छ । ***

तपाईको प्रतिक्रिया